पाेखरामा ‘कोक–स्प्राइट’ चोरी गर्ने कुमाल र परियार पक्राउ
कास्की | असोज २८, २०७९
पोखरा: वडा प्रहरी कार्यालय रामबजारले पोखराको पसलमा चोरी गर्ने दुई युवालाई प्रकाउ गरेको छ ।
पोखरा महानगरपालिका १० शिवचोक र अमरसिंहचोकस्थित कल्पना किराना स्टोर्स र एप्पल केयर एसोसरिज मोबाइल पसलबाट गत २६ गते मंगलबार राती चोरी गरेको आरोपमा पोखरा १० नागिनटोल बस्ने विश्वाश कुमाल र दिनेश परियारलाई पक्राउ गरेको हो ।
शंकास्पद अवस्थामा भेटिएका उनीहरुलाई खानतलासी गर्ने क्रममा चोरीको सामान फेला परेपछि नियन्त्रणमा लिइएको कास्की प्रहरीले जनाएकाे छ कास्की प्रहरीलका अनुसार उनीहरुले मिलनटोल नजिकै खाली जग्गाको झाडीमा जेब्रा झोलामा चोरीका सामान लुकाएर राखेका थिए ।
किराना पसलबाट के के चोरी गरेका थिए ?
उनका अनुसार उनीहरुको साथबाट विभिन्न पाउडर २९ वटा, आधा लिटरको कोक ९ वटा, साढे १ लिटरको कोक ३ वटा, आधा लिटरको स्प्राइट १ वटा, साढे १ लिटरको स्प्राइट २ वटा १६ वटा रेडबुल, ७ वटा चिप्स, चिजबल्स १३ वटा, पाण्डा खाजा १ प्याक, करेन्ट चाउचाउ ७ वटा, फ्रुटी ११ वटा, टुथ ब्रस १२ वटा, विभिन्न रंगका मास्क ४ पोका, चोकोपाई ४ वटा , कपालमा लगाउने तेल ६ वटा, ब्यान्डेज १ बट्टा, सन्सिल्क ८८ पत्ता, हजमोला १ बट्टा, चोकोफन ७ वटा, नवरत्न आयुर्वेदिक तेल २० पट्टा र विभिन्न खालका मिठाई १ पोका बरामद गरिएको छ ।
मोबाइल पसलबाट के के चोरी गरेका थिए ?

एप्पल केयर एसोसरिज मोबाइल पसलबाट सामसुङ कम्पनीको हेडफोन १ थान, विभिन्न कम्पनीको ब्लुटुथ ३ थान, पावरबैंक १ थान, १६ जिबीको पेन ड्राइभ १ थान, औलामा लगाउने पञ्जा ३ थान, ८ जिबीको मेमोरी कार्ड २ थान, १६ जिबीको मेमोरी १ थान, मोवाईल स्ट्याण्ड ( रिङ) १ थान, चार्जर १ थान, सामसुङको चार्जर १ थान, पेन हुक्का १ थान, सामसुङ कम्पनीको मोबाइल १ थान भिभो कम्पनीको यो १ मोडल भएको मोबाईल १ थान र कार्ड लेखेको डिभाईज १ थान बरामत गरेको कास्की प्रहरीले जनाएको छ ।
मुस्ताङ: धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । यहाँ सन् २०२४ को अनुपातमा सन् २०२५ मा २५ हजार ४०३ जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्न...
ढोरपाटन: तमानखोला गाउँपालिका–३ को वडा कार्यालय भवन निर्माण रु एक करोड ६८ लागतमा भएको छ । वडाध्यक्ष झकबहादुर बुढा मगरका अनुसार एउटा सुविधायुक्त सभाहलसहित सात वटा कोठाको तीनतले भवन ...
काठमाडौं: पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...

